अध्यादेश जारीसँगै संघीय संसदमा दुई सचिव थपिने निश्चित, काे-काे बन्नेछन् सचिव ?
प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार
काठमाडौँ । राष्ट्रपतिद्वारा अध्यादेश जारी भएपछि संघीय संसदमा दुईजना सचिव थपिने निश्चित भएको छ। प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले सचिव नियुक्तिका लागि सिफारिस गरे पनि कानुनको अभावमा सो नियुक्ति हुन सकेको थिएन।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सचिव नियुक्ति तथा पारिश्रमिकसम्बन्धी अध्यादेश जारी गरेकी हुन् । संसद्को सिफारिस पनि राष्ट्रपतिबाटै कार्यान्वयन हुने जनाइएकाे छ ।
सभामुख महराले गोपालनाथ योगी र तिमिल्सिनाले राजेन्द्र फुँयाललाई सचिवमा सिफारिस गरेका थिए, अब उीहरूलार्इ सचिवमा नुयुक्तिका लागि बाटाे खुलेकाे छ ।
योगी एनजिओ फेडेरेशनका पूर्वउपाध्यक्ष हुन् भने फुँयाल कान्तिपुर पब्लिकेशनबाट राजीनामा दिएर अाएका हुन्। योगी यसअघि पनि सचिवमा सिफारिस भएका थिए। तत्कालीन सभामुख ओनसरी घर्तीले सचिवमा सिफारिस गरे पनि रुपान्तरित संसद्का सभामुखलाई उक्त अधिकार संविधानले नदिएको भन्दै राष्ट्रतिले नै उक्त सिफारिस रोकेकी थिइन्।
यसैबीच, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सचिवको उमेरलाई यसअघिकाे व्यवस्था ४० वर्षबाट घटार्इ ३५ वर्ष बनाइएकाे छ । बिहीबार जारी अध्यादेशले यसअघि संसद सचिवालयले पनि तयार पारेको सचिवकाे काम कर्तव्य र अधिकार विधेयकको मस्यौदामा न्युनतम योग्यतामा ४० वर्ष उमेर समावेश गरिएकाे थियाे ।