लोकमान प्रकरण मोर्चाको लागि हर्ष न विषमात्
प्रकाशित मिति : कार्तिक ६, २०७३ शनिबार
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमा सिंह कार्कीलई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताएका हुन् ।
उनले भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत स्पष्ट पारे । त्यस्तै उनले महाअभियोग सिफारिश समिति लोकमानकै लागि भनेर गठन नगरिएको समेत प्रष्ट्याए । नेकपा एमालेका सांसद रामेश्वर फूयाँलले अख्यितार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् ।
गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बल पुर्याझैं लोकमानले पनि आफ्नोविरुद्ध महाअभियो प्रस्ताव ल्याउन आँफैले मलजल गरेको उनको आरोप थियो । उनले अघि थपे,‘अति गरे, खति हुन्छ भनेको यही हो, उनले कानुनी राज्यलाई ठाडै चूनौति दिएका थिए, त्यसैले यो प्रस्ताव आएको हो ।’
उनले भोलिबाट महाअभियोग प्रस्तावमाथि छलफल हुने भएकोले अबको एक महिनाभित्रै यो विषय टुँगो लाग्ने समेत जनाए ।
लोकमान प्रकरण मोर्चाको लागि हर्ष न विषमात् – यादव
मधेशी मोर्चाका प्रभावशाली नेता रामनरेश राय यादवले अख्तियार प्रमुख लोकमानविरुद्ध माओवादी केन्द्र र एमालेले मिलेर ल्याएको महाअभियोगको प्रसताव मोर्चाको लागि हर्ष न् विष्मात् भएको टिप्पणी गरेका छन् । यादवले किन यसरी हतारिएर महाअभियोग प्रस्ताव ल्याईएको भन्दै प्रश्न समेत गरे । उनले ठूला पार्टीहरुले मधेशी मोर्चाको मुद्दालाई ओझेलमा पार्नको लागि लोकमान प्रकरण अघि सारिएको समेत आरोप लगाए ।
उनले अघि थपे,‘अहिलेको ज्वलन्त समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीन वटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउने ठूलो कुरा हो, तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ ।’ नेता यादवले लोकमानको मुद्दा अदालतमा विचाराधिन भएकोले अहिले दलहरुले हतारमा यस्तो प्रस्ताव ल्याउनुले नेताहरुको नियतमा प्रश्न उठेको आरोप लगाए ।