फेरि किन तेस्रो विश्वयुद्धको चर्चा हुँदैछ ?
प्रकाशित मिति : कार्तिक ७, २०७३ आईतबार
डा. रुद्र अर्याल
सन् १९१४ को जुलाई २८ देखि १९१८ को नोभेम्बर ११ सम्म भएको प्रथम विश्वयुद्ध र सन् १९३९ को सेप्टेम्बर १ देखि १९४५ सेप्टेम्बर २ सम्म भएको दोस्रोे विश्वयुद्धले मानव इतिहासमा नै सबै भन्दा बढी मानवीय क्षति पु-याएका थिए । त्यसबेला सामाजिक तथा भौतिक संरचनाहरु मात्रै नभएर धेरै राजनीतिक धरातलहरू नै उथलपुथल भएका थिए, अझ अमेरिकाले जापानको हिरोशिमामाथि लिटल—ब्वाई र नागासाकीमाथि फ्याट—म्यान नाम दिइएका एटोमिक बमहरूको प्रयोग गरेपछि वैज्ञानिक क्षेत्रमा समेत हतियार बनाउने होडलाई उत्कर्षमा पु-याईदियो । अहिले आएर सिरियामा भइरहेको रुस र अमेरिकाको असहमतिका घटनाक्रमले मानव जगतलाई फेरि विश्वयुद्धकोे बारेमा सोच्न विवश बनाइदिएको छ्र ।
सोभियत संघ र अमेरिकाको सम्बन्ध
प्रथम र दोस्रो विश्वयुद्धमा परस्परमा युद्ध नगरेका दुइ ठुला राष्ट्र अमेरिका र तत्कालीन सोभियत संघ पछि गएर आ—आफ्नो शक्तिको होडबाजीमा अघि बढे्र जसले गर्दा कतै तेस्रोे विश्वयुद्ध हुने त होइन भनेर प्रश्न गर्ने पर्याप्त आधार तयार भए । अमेरिकाले सोभियत संघको नजिकै युरोपमा आफ्नो शक्ति बलियो बनाउंदै लग्यो भने सोभियत संघले अमेरिकादेखि ९० माइल टाढा रहेको क्युबामा आफ्नो हतियार प्रदर्शन गरेर कुनै पनि बेला यद्ध गर्न तयार भएको संदेश दियो । युद्धको सम्भाबना यस्तरी बढ्यो कि धेरैले तस्रो विश्वयुद्धको बारेमा के हुन्छ थाहा छैन तर चौथो विश्वयुद्ध भने पक्कै हुँदैन भनेर भने । अथवा अब हुने युद्धमा यी दुई आणबिक अस्त्रसम्पन्न देश एक आपसमा लड्ने छन् र कुनै पनि अबस्थामा दुवैैले आफ्नो हार स्विकार्ने छैनन् जसको परिणाम आणविक हतियारको प्रयोग हुन सक्ने छ भन्ने मत अघि सारिएको छ ।
बिशेष गरी रुस पश्चिमाहरूबाट आफुमाथि धोका भएको, आफुलाई एक्ल्याउँदै लगेको र चारैतिरवाट घेरेको, आफ्नो राष्ट्रिय सुरक्षामा खतरा प-याएको भनी पश्चिमाहरूको विरुद्ध आबश्यक परे युद्ध गर्न समेत तयार रहेको खतरनाक संकेत रुसले दिएको छ्र ।
धेरै नेताहरु मात्रै होइन, आधुनिक भौतिक विज्ञानका पिता मानिएका वैज्ञानिक अल्बर्ट आईन्स्टाईनले समेत तेश्रो विश्वयुद्धको बारेमा सोधिएको एक प्रश्नको उत्तरमा तेश्रो विश्वयुद्धको बारेमा थाहा नभएको तर चौथो विश्वयुद्ध भने पक्कै पनि हुँदैन भनेर भनेका थिए । यसो भनौं, तेस्रो विश्वयुद्ध भयो भने यस्ता शक्तिशाली हतियारहरुको प्रयोग हुनेछ कि जसले गर्दा मानब जातिको अस्तित्व नै नरहन सक्दछ भन्ने आशय थियो उनीहरूको । दोश्रो विश्वयुद्धपछि र बिशेष गरी सोभियत संघ र अमेरिका बीच बिबाद उत्कर्षमा पुगेको बेला विभिन्न कोणबाट तेस्रो विश्वयुद्धको परिकल्पना गर्ने गरिएको देखिन्छ ।
कविहरू कवितामा, उपन्यासकारहरू उपन्यासमा, फिल्म निर्देशकहरू फिल्ममा, अझ भिडियो ग्याममा समेत तेस्रो विश्वयुद्ध झल्किने प्रस्तुतिहरू भएका देखिन्छन् तर मिखाईल गोर्बाच्योभको पालामा सोभियत संघको अमेरिकासंग सम्बन्ध सुधार भयो जसको परिणाम सोभियत संघको बिघटन हुन पुग्यो र पश्चिमा समर्थक राजनीतिज्ञहरू हाबी भए । यो छुट्टै राजनीतिक संस्कार बोकेको सोभियत मोडेल पश्चिमी मोडेलको परिकल्पना गर्दै गल्र्यामगुर्लुम ढल्नपुग्यो । सोभियत संघको बिघटनपछि सोभियत संघले संयुक्त राष्ट्रसंघमा पाइरहेको भिटो (विशेष अधिकार) रुसले प्राप्त ग-यो । हुन त सोभियत संघ भनिए पनि रुस नै एउटा शक्तिशाली राज्य थियो । नाटोको प्रतिस्पद्र्धीको रूपमा रहेको वार्सा समूहको बिघटन भयो जसले गर्दा शीतयुद्धको अन्त्य हुनुको साथै अब विश्वयुद्ध जस्तो युद्धको सम्भाबना भने टरेको कुरा राजनीतिक क्षेत्रमा चल्न थाल्यो ।
रुस किन रिसाएको छ पश्चिमा राष्ट्रहरूसंग ?
बिशेष गरी रुस पश्चिमाहरूबाट आफुमाथि धोका भएको, आफुलाई एक्ल्याउँदै लगेको र चारैतिरवाट घेरेको, आफ्नो राष्ट्रिय सुरक्षामा खतरा प-याएको भनी पश्चिमाहरूको विरुद्ध आबश्यक परे युद्ध गर्न समेत तयार रहेको खतरनाक संकेत रुसले दिएको छ्र । हुन पनि पश्चिमाहरूले रुसलाई एउटा गरीब र शक्तिहीन राष्ट्र जस्तो गरी र ऊसंग भएको शक्तिलाई वेवास्ता गर्दै उसले राखेका कुनै पनि प्रस्तावहरूलाई पश्चिमाहरूले ख्याल गर्नेगरेका छैनन् । यसको सबैभन्दा गतिलो उदाहरण उसको समर्थन बिना सर्बियामाथिको आक्रमण, लिबियामाथिको आक्रमण र कर्नेल गद्दाफीको हत्या लगायतका धेरै घटनाहरू हुन् ।
अझ उसको निम्ति सबैभन्दा आपत्तिको कुरा त के छ भने पूर्व सोभियत संघकै इस्टोनिया, लात्भिया, लिथुआनिया जस्ता केही राष्ट्रहरूलाई नाटोको सदस्य बनाइयो । यसै गरी पश्चिमा मुलुकहरू जर्जिया, युक्रेन, मल्दोभा जस्ता पहिलाका सोभियत राज्यहरूलाई नाटो र यूरोपियन संघमा समाहित गराउने र अन्त्यमा नाटोको सदस्य बनाउने दिशातिर अगाडि बढे । यसबाट रुसमा राष्ट्रबादीहरूको लहर बढ्न थाल्यो । परिणामस्वरुप सोभियत राजनीतिलाई राम्ररी बुझेका र लेनिन र स्टालिनसंग पारिवारिक जस्तो सम्बन्ध भएका भ्लादीमिर स्पिरीनोद्भिचका छोरा अनि केजीबीमा समेत रहेर आफ्नो क्षमता देखाइसकेका भ्लादेमिर पुटिन रुसको राजनीतिमा शक्तिशाली हुन पुगे ।
यसै सिलसिलामा पश्चिमा राष्ट्रहरूबाट सहयोग पाउने आशामा जर्जियाका तत्कालीन राष्ट्रपति मिखाइल साखास्भिलाले जर्जियाकै धेरै रुसी मूलका बासिन्दाहरु रहेबसेका दुई राज्य अफ्घाजिया र साउथ असेर्तियनमा २००८ मा आक्रमण गरे । यसपछि रुसले ती राज्यहरुको समर्थनमा आफ्नो सेना पठाएर रुसको इच्छा विपरीत नजिकका पूर्व सोभियत देशहरुलाई नलाग्नको निम्ति एउटा ठुलो संकेत दिएको थियो । यस घटनामा झण्डैै साखास्भिलाको ज्यान गएको थियो । पछि उनीमाथि आफ्नै देशमा शक्ति दुरुपयोगका साथै भ्रष्टाचारको मुद्दा चल्यो । उनी आफ्नो देश नै छाडेर युक्रेनको नागरिक भई त्यहाँको ओडिसा राज्यको गभर्नर भएर बसेका छन् ।
परिणामस्वरुप सोभियत राजनीतिलाई राम्ररी बुझेका र लेनिन र स्टालिनसंग पारिवारिक जस्तो सम्बन्ध भएका भ्लादीमिर स्पिरीनोद्भिचका छोरा अनि केजीबीमा समेत रहेर आफ्नो क्षमता देखाइसकेका भ्लादेमिर पुटिन रुसको राजनीतिमा शक्तिशाली हुन पुगे ।
उता पुटिन सर्वसम्मत नेता जस्ता देखिएका छन् । रुसमा उनी सजिलै राष्ट्रपतिमा निर्वाचत भए । २०१२ मा पश्चिमाहरूको लहैलहैमा लागेर पुटिनको निर्वाचन परिणामको विरोधमा रुसको सडकमा केही आन्दोलनकारीहरू पनि निस्किए भन्ने पुटिन समर्थकहरूको विश्लेषण छ्र । फेरि २०१४ मा रुसको सामरिक महत्व भएको अनि छिमेकी देश युक्रेनका निर्वाचित राष्ट्रपति भिक्टर यानुकोभिचलाई सडक आन्दोलनबाट सत्ताच्युत गर्न पश्चिमाहरू खुला रुपमै प्रस्तुत भए र अन्ततः यानुकोभिचलाई हटाई छाडे । अन्तिम अबस्थामा उनले यूरोपसंग खुल्ला ब्यापार सम्बन्ध नगरेर रुससंग ब्यापार सम्बन्ध गर्ने निर्णय गरेको निहुँमा उनलाई हटाइएको थियो ।
रुस आन्तरिक तबरबाट सैन्य र आर्थिक रूपमा पनि बलियो हुँंदै पहिले गुमेको साखलाई समेत फिर्ता गर्ने गरी तयारीका साथ पर्खिरहेको देखिन्छ
यी घटनाहरूबाट रुस अति नै क्रुद्ध भएको थियो । उसको निम्ति पश्चिमासंगको सम्बन्धमा रहनु अनावश्यक देखिन थाल्यो । सन् १९५४ मा ख्रुश्चेवले युक्रेनलाई दिएको भाग क्राईमियामा चुनाव मार्फत् रुसमा गाभिने निर्णय गराई रुसमै फिर्ता गराइयो जसले गर्दा विधिवत् रुपमै रुसको पश्चिमाहरूसंगको सम्बन्ध बिग्रियो र अहिले उसले नाकाबन्दीको पनि सामना गरिरहेको छ । तर रुस आन्तरिक तबरबाट सैन्य र आर्थिक रूपमा पनि बलियो हुँंदै पहिले गुमेको साखलाई समेत फिर्ता गर्ने गरी तयारीका साथ पर्खिरहेको देखिन्छ । रुसले पश्चिमाहरुको नाकाबन्दीलाई बेवास्ता गर्दै आफ्नो ब्यापारलाई पश्चिमी बजारमा होइन कि अफ्रिका र एसियाजस्ता बिशाल महादेशहरूमा बढाइरहेको देखिन्छ्र ।
सिरियालीे यद्धलाई किन विश्वयुद्धसंग जोडिदैछ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००७ मा जर्मनीको म्युनिखमा विशेषगरी पश्चिमा राष्ट्रहरूको सुरक्षासम्बन्धी एउटा कार्यक्रममा संकेत दिइसकेका थिए कि रुस पश्चिमाहरूले जे भन्छन्, ताली पड्काएर मात्रै बस्दैन, सबैले बुझ्नु जरुरी छ कि रुस पनि एउटा शक्तिशाली राष्ट्र हो । सार्वजनिक रुपमै राखिएको उनको यो भनाई आज आएर प्रत्यक्ष रूपमा सार्थक भएको देखिन्छ ।
अहिलेको सबैभन्दा चर्चामा रहेको सिरिया युद्धमा रुसले आफुलाई शक्तिशाली राष्ट्रको रूपमा देखाएको छ्र । विश्वमा हुने घटनाहरूमा उसले के गर्दछ भन्ने कुराले पनि महत्व पाउँदैछ । अमेरिकाको प्रत्येक राष्ट्रपतीय निर्वाचनका विमर्शमा रुस चर्चामा छ । अझ डोनाल्ड ट्रम्प त पुटिनको फ्यान जस्तै देखिएका छन् । रुस बरु यद्धमा जान तयार छ तर सिरियामा उसको उपस्थितिलाई कसैले प्रश्न उठाउन सक्दैन भनेर बसेको छ । इतिहासदेखि नै सिरिया रुसको एउटा अभिन्न मित्र पनि हो ।
अहिलेको सबैभन्दा चर्चामा रहेको सिरिया युद्धमा रुसले आफुलाई शक्तिशाली राष्ट्रको रूपमा देखाएको छ्र । विश्वमा हुने घटनाहरूमा उसले के गर्दछ भन्ने कुराले पनि महत्व पाउँदैछ ।
उता सिरिया पश्चिमाहरूको निम्ति भने एउटा बिरोधी देशको रुमा रहिरहेको छ । अरब आन्दोलन जब शिखरमा पुग्यो, त्यसले सिरियामा पनि ठूलै प्रभाब पा-यो । पश्चिमाहरू सिरियाका राष्ट्रपति बशर अल असदका विरुद्ध विपक्षी शक्तिहरूलाई हतियार दिनेसम्मको सहयोग गरेर सरकारको विरोधमा तयार पारे तर राजनीतिले उल्टो दिशा लियो । आइएएस जस्तो एउटा खतरनाक समूह उदायो र पश्चिमाहरूले भनेको भन्दा फरक घटनाक्रमको उदय भयो । यसै बिचमा रुसले सिरियाका राष्ट्रपति बसर अल असद नै वैधानिक सरकार प्रमुख हुन् र यदि उनले रुसलाई सैन्य हस्तक्षेप गर्न अनुरोध गरेमा रुस तयार छ भन्ने जानकारी दिएर रुसले सन् १९९० पछिको राजनीतिक समीकरणलाई पूरै स्तब्ध बनाई दियो।
यसरी उसले विश्वको राजनीतिक इतिहासमा एउटा धेरै महत्व राख्ने घटनाको सिर्जना गरिदियो जसले गर्दा पश्चिमाहरूसंग उसको प्रत्यक्ष रूपमा युद्धको मोड लिन सक्ने सम्भाबना बढ्न पुग्यो । यसबाट तेस्रो विश्वयुद्धको परिकल्पना गर्दै कथा बनाउने राजनीतिक पण्डितहरूका लागि एउटा बलियो आधार खडा हुन पुगेको हो ।
नाटोका राष्ट्रहरू रुस नजिकै आफ्नो दस्ता तयार पार्दै छन् भने त्यसको प्रत्युत्तरमा रुस पनि कडा रुपमा प्रस्तुत भएको देखिन्छ्र तर रुस आफुले पहिला होइन की नाटोले आफ्नो देशका सैनिकमाथि आक्रमण गरोस् भन्ने चाहनामा बसे जस्तो देखिन्छ ।
राजनैतिक रुपमा गुमेका सोभियत संघका पालाका राज्यहरू लात्भिया, लिथुआनिया र इस्तोनियाको नाटोसंगको सम्बन्धलाई उथलपुथल पार्न सकिने र नाटोलाई नै धराशायी बनाउन सकिन्छ भनेर उसले योजना बनाएको देखिन्छ्र । यसरी यदि पश्चिमाहरू रुसलाई एउटा शक्तिको रूपमा नस्वीकारेर आफ्नो डमरु मात्रै बजाउन थाले भने युद्धको सम्भावना भने धेरै नजिक रहेको देखिन्छ्र ।
आठै प्रहर