अस्पतालमा सुत्केरी हुन आएकी राधिकाको मृत्यु, आफन्तद्धारा अस्पतालमा तोडफोड


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

प्यूठान । जिल्ला अस्पताल प्यूठानमा सुत्केरी हुन आएकी एक जना महिलाको मृत्यु भएपछि जिल्ल अस्पताल प्युठान तनावग्र्र्र्र्र्र्रस्त बनेको छ ।

गएराति प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी वर्ष २५ की राधिका धामीको मृत्यु भएलगत्तै आक्रोशित मृतकका आफन्तहरूले अस्पताल तोडफोड गरेको प्रहरीले जनाएको छ । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ ।

सुत्केरी महिला मंगलबार बिहान सुत्केरी बेथा लागेपछि सुत्केरी हुन जिल्ला अस्पताल प्यूठानमा भर्ना भएकी थिइन् । दिउँसो बाह्र बजे अप्रेसन गरी बच्चा निकालिएको थियो । अप्रेसन गरेको करिब सात घण्टा पछि सुत्केरीको मृत्यु भएको थियो ।

अप्रेसनपछि २४ घण्टासम्म केही खान नदिनु भन्ने डाक्टरको सुझावलाई वास्ता नगरी आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए । अप्रेसन थ्रिएटरमै तोडफोड गर्न सुरु गरेपछि अस्पतालमा कडा सुरक्षा व्यवस्था मिलाइएको प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com