अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बालाई गर्यो, रंगेहात पक्राउ


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

वैशाख १९, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नायब सुब्बा युगेश्वरप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ। जिल्ला समन्वय समिति सप्तरीमा कार्यरत नायव सुब्बा यादवलाई घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको हो। सप्तरीको महुली खोलाको पुल निर्माण कम्पनीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा यादवलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ गरिएका यादवलाई बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा ल्याइएको छ। उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com