रुपन्देहीमा पनि सार्वजनिक सवारी चलेनन्, यात्रु मर्कामा
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
सिन्डिकेट र समिति खारेजी विरुद्ध व्यवसायीहरुले गरेको बन्दका कारण रुपन्देहीको बुटवल र आसपासमा सार्वजनिक सवारी चलेका छैनन् ।
सार्वजनिक यातायात बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् । दैनिक झण्डै एक हजार बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनल २० वैशाख बेलुकादेखि सुनसान छ ।
पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टर बन्द गरेका छन् । लुम्बिनी क्षेत्रमा रहेका १४ वटा सवारी समिति सबै बन्दको पक्षमा देखिएका छन् ।