किम जोङ उनको जुत्तामा त्यस्तो खास के छ


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

गत साता किम जोङ उनले उत्तर कोरियाको सीमा पास गर्दै दक्षिण कोरियाको जमिनमा पाइला टेकेर इतिहास रचे । संघर्ष, दुष्प्रचार, प्रतिबन्ध, धम्की, सैन्य अभ्यास, परमाणु खतराले भरिएको वितेको ७० वर्षमा पहिलो पटक उत्तर कोरियाली नेताले आफ्नो कट्टर दुश्मन कहाँ गएका थिए ।

किमलाई दक्षिण कोरियाली भूमिमा राष्ट्रपति मुन जे-इनले स्वागत गर्दा मिडियादेखि विशेषज्ञको नजर पाइलापाइलामा थियो । यहाँसम्म कि जुत्ता पनि निगरानीमा थियो ।

अहिलेसम्म किम जोङ उनको जति तस्वीर बाहिर आएको छ, त्यो उत्तर कोरियालीले मिडियाले जारी गरेका हुन् ।

शायद यही कारण हुनसक्छ किम जोङ उनको जुत्तालाई लिएर पनि मानिसहरुमा जिज्ञाशा छ । दक्षिण कोरियाको एक चर्चित पत्रिकाले किम जोङ उनको जुत्ताबारे अध्ययन गर्न सात विशेषज्ञ टिम बनाउनुले पनि यसको पुष्टि गर्छ ।

सामान्यतः मिडियाका लागि कुनै पनि नेताको हाउभाउ र पहिरनदेखि जुत्तासम्मको कुराले अर्थ राख्छ । झन उत्तर कोरियाका नेता किम जोङ उनको हकमा उनको देशमा सहज पहुँच नभएका कारण पनि यसको अर्थ रहन्छ ।

केही दक्षिण कोरियाली र अमेरिका जानकारहरुका अनुसार यसले नेताको स्वास्थ र मानसिक अवस्थाको अनुमान लगाउन पनि सकिन्छ ।

किमको अग्लो जुत्ता

उत्तर कोरियाका नेता किम जोङ उनको धेरै कुरा पर्दा पछाडि नै छ । तर, यसका बाबजुद पछिल्लो तस्वीरका आधारमा विशेषज्ञहरुले उनको स्वास्थ्य अनुमान गरे ।

विशेषज्ञहरु यसमा सहमत छन् कि किम जोङ उनको तौल धेरै छ, जसका कारण उनलाई हिँडडुल गर्न गाह्रो हुन्छ । २०१४ मा एक रेकर्डिङ बाहिर आउँदा पनि उनी हिँडडुलमा आउने समस्यासँग जुधिरहेको अनुमान गरिएको थियो ।

देब्रे कानदेखि अस्ट्रेसम्म हर्दा उनले अधिक धुमपान गर्छन् । यद्यपि उत्तर कोरियाको सरकारले आफ्ना नागरिकलाई धुमपान नगर्न अपील गर्ने गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुनसँगको भेटका क्रममा सार्वजनिक भएको किम जोङ उनको तस्वीरका आधारमा विशेषज्ञहरुले विश्लेषण गरेका छन् कि उनलाई हिँडडुल गर्न समस्या फेरि बढेको छ र स्वाश्व प्रश्वासमा पनि समस्या हुनसक्छ ।

यद्यपि यसबारे थप बताएका छैनन् । मुनलाई भेट्ने बेला तनावका कारण पनि ‘दम बढेको’ हुनसक्छ ।

किम जोङ उनले सामान्यतया ठूलो पाइन्ट लगाउँछन्, जसले जुत्तालाई पनि छोप्छ । केही मानिसहरु अनुमान लगाउँछन् कि उनी केही लुकाउन चाहन्छन् ।

तर, गत साता उनले मुनलाई भेट्दा जुन तस्वीर बाहिर आयो, त्यसले प्रष्ट भएको छ कि उनको जुत्ताको हिल केही अग्लो छ । पुरुषहरु यति अग्लो हिलको जुत्ता लगाउँदैनन् ।

दक्षिण कोरियाको पत्रिका ‘चोसुन इल्बो’ले विशेषज्ञहरुलाई उदृत गर्दै लेखेको छ कि वर्षौैसम्म उत्तर कोरियाले आफ्नो नेताको छवि अन्तराष्ट्रिय स्तरमा प्रोजेक्ट गर्दै आएको छ । किमका पिता किम जोङ द्वितीय पनि हिल भएकै जुत्ता लगाउँथे ।

त्यसैले किम जोङ उन पनि आफैंलाई एक अग्लो कदका नेताका रुपमा पेश गर्न चाहन्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com