शिक्षण अस्पतालको बिजोक : शौचालयमा चुकुलसमेत छैन, ।


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

शिक्षण अस्पताल प्रशासनका कर्मचारीको चरम लापरवाही, शौचालयमा चुकलसमेत छैन

काठमाडौं । सरकारी अस्पतालहरुले राम्रो सेवा दिए महंगा प्राईभेट अस्पतालहरु जान कसलाई रहर हुन्थ्यो र ? देशकै ठुलो मध्येको एक सरकारी अस्पताल शिक्षण अस्पताल महाराजगञ्जमा प्रशासनको लापरवाहीका कारण विजोक छ ।

आफ्नो दाईको उपचार गराउन शिक्षण अस्पतालको ईमेरिजेन्सी वाडमा पुगेको गोरखाका दिपक अधिकरीले भिडियो एक्सरे गर्ने कोठामा ताल्चा लगाएको र घण्टौ सम्म लाईन बस्दा पनि कोही नपाएपछि हामीलाई फोन गरे ।

अधिकारीको गुनासो गरेपछि हाम्रो टिम शिक्षण अस्पताल पुग्यो । त्यहाँ भिडियो एक्सरे गर्ने कोठामा ताल्चा लागेको थियो । बिहान देखि एक्सरेका लागि लाईन बसेका मानिसहरु भेटिए । हाम्रा टिम त्यहाँ पुगेको देखेपछि केही बेरमै भिडियो एक्सरे गर्ने दुई जना व्यक्ति हतार हतर आई एक्सर गर्न थाले । बिरामीले आफुहरु बिहान देखि आएको भन्दा पनि उनिहरु झुट बोलिरहे ।

त्यसपछि हामी शिक्षण अस्पतालको प्रशासन बिभागमा पुग्यौ । बिडम्वना त्यहा पनि कोही थिएन् । प्रशासनमा पनि कोही न भेटिएपछि हामी कार्यकारी निर्देशक डाक्टर दिपक महराको कार्यकक्षमा पुग्यौ र यस बारे उहाँलाई जानकारी गरायौं । त्यपछि उहाँले हामीलाई प्रशासन प्रमुख मानवहादुर भट्टलाई भेटाई दिनु भयो ।

भट्टले रेडियोलोजी डिपाटमेन्टका प्रमुखलाई फोन गरि तुरुन्त उपस्थित हुन पनि भन्नु भयो । इमेरिजेन्सी वार्डको भिडियो एक्सरेमा मानिस नहुनु त सामान्य हो, यहाँ त ईमेरिजेन्सी वार्डको शौचालयमा चुकुल नै रहेनछ ।

महिला र पुरुष दुवैले प्रयोग गर्ने शौचालयमा चुकल नभएको भनि एक जना महिलाले गुनासो गरिन् । हामीले यस विषयमा ईमेरिजेनसीकै डक्टर रामेश मर्हजनलाई जानकारी गरायौ । उहाँले यसका लागि आफुले प्रशासनलाई लखेर दिएपछि चुकुल लगाउने बताउनु भयो । हामीले हामीसंगै गएका प्रशासन प्रमुख मानवहादुर भट्टलाई पनि जानकारी गरायौ ।

यति मात्र होईन शिक्षण अस्पतालको ईमेरिजेन्सीमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको ३ महिना बढी भईसक्यो । बनाउन तर्फ कसैको ध्यान पुगेको छैन् ।

हामी शिक्षण अस्पतालमै रहँदा एक जना व्यक्तिले अर्काे गुनासो गरे, टिकट लिन लाग्दा राखिएको डिलिटल कुपन डिस्प्ले बिग्रिएको देखाए । यो बिग्रिएको एक दुई महिना भईसकेको रहेछ । प्रशासन र मेन्टिनेन्सलाई जानकारी गराउँदा पनि नबनेपछि हातले लेखेर च्यातिएको कुपन बनाईएको रहेछ ।

हामीले शनिवार पुन शिक्षण अस्पतालको इमेरिजेन्जी वार्डमा रहेको शौचालयमा चुकुल लगाईयो कि लगाईएन भनि हे¥यौ । दोस्रो दिन पनि चुकुल नदेखेपछि हामीले आफै हार्डवेयरको पसलबाट चुकल दिने ड्युटी इन्चार्जलाई हस्तान्तरण ग-यौ उन्ले तुरुन्त मेन्टिनेन्स डिपाटमेन्टका व्यक्तिलाई चुकुल लगाउन बोलाउनु भयो । अचम्म त के रहेछ भने शनिबारकै दिन पनि एउटै समयमा ३ जना मेन्टिनेन्सका कर्मचारीहरु हुँदा रहेछन् । शिक्षण अस्पतालमा रहेको मर्मत सम्भार बिभागमा ४२ जना कार्यरत रहेछन् ।

मर्मत गर्ने व्यक्ति आएपनि अस्पतालमा हतौडा भेटिएन । हतौडा खोज्न करिब आदा घण्टा कु-यौ ।

शिक्षण अस्पतालबाट दिनहँु बिरामी र बिरामीका आफन्तको गनासो आईरहन्छ । व्यवस्थापकको लापरवाही र हेल्चकराईका कारण सरकारी लगानीको यति ठुलो अस्पतालको विजोग छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com