राष्ट्र बैंकद्वारा देशभरका यातायात समिति का पधाधिकारीको बैंक खाता रोक्का


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

नेपाल राष्ट्र बैंकले देशभरिका यातायात समिति र तिनका पदाधिकारीको बैंक खाता रोक्का गरेको छ ।

सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी गराएको हो ।

सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो । सोही अनुरुप समितिको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो ।

खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com