मानसिक समस्या भएकालार्इ डाक्टरले लेखे ‘ग्यास्ट्रिक’को अौषधि
प्रकाशित मिति : बैशाख २४, २०७५ सोमबार
पतिसँग सम्बन्धविच्छेद भएकी एक महिलाले स्वास्थ्य जाँच गराउँदा उनलाई चिकित्सकले ग्यास्ट्रिकको औषधी लेखेर दिए। केही दिन औषधी खाँदा पनि अवस्था नसुध्रिएपछि उनी अहिले मनोपरामर्श लिइरहेकी छिन्।
रोग पहिचान गरी सम्बन्धित चिकित्सक वा विज्ञलाई सिफारिस गर्नुको साटो आफैँ औषधी दिने चिकित्सकका कारण बिरामीले सास्ती भोग्नुपरेको छ। मनोविद् करुणा कुँवर भन्छिन्,
‘बिरामीलाई मानसिक समस्या हुँदा पनि डाक्टरहरू संवेदनशील देखिँदैनन्। मानसिक समस्या बेवास्ता गर्दै ग्याष्ट्रिकको औषधीले ठीक भइहल्छ नि भन्ने गरेको समेछत पाइएको छ।’
मानसिक समस्या भएका व्यक्तिबारे चिकित्सकले बेवास्ता गर्ने प्रवृत्ति रहेको मनोचिकित्सककाे भनाइ