भगिनी सम्बन्ध गास्दै चौतारा नगरपालिका र चीनको छेन्दु महानगर


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिकाले चीनको छेन्दु महानगरसँग भगिनी सम्बन्ध जोड्ने भएको छ ।

छेन्दु महानगर पनि चौतरा नगरपालिकासँग भगिनी सम्बन्ध बनाएर अघि बढ्न इच्छुक देखिएको छ ।

चिनियाँ प्रतिनिधिले चौतारा साँगाचोकगढी नगरपालिकामा आएर दुवै नगर बीच भगिनी सम्बन्ध कायम गरेर अघि बढ्नका लागि तयार भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी छेन्दु महानगर पार्टी कमिटीका सेक्रटरी आबु, छेन्दु महानगरका उप-मेयर वाङदुई लगायतका प्रतिनिधिहरु मंगलबार सिन्धुपाल्चोक आइपुगेका थिए ।

चिनियाँ प्रतिनिधिहरुले चौतारा साँगाचोकगढीको कार्यालय लगायत यहाँका संरचनाको स्थलगत अवलोकनसमेत गरेका थिए ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले पहिलो पटक सीमा जोडिएको देशको महानगरसँग भगिनी सम्बन्ध स्थापनाका लागि पहल सुरु गरेको नगरपालिकाका मेयर अमानसिं तामाङले जानकारी दिए ।

चिनको छेन्दु महानगरमा पनि भूकम्पले क्षती पुर्‍याएको र सिन्धुपाल्चोकमा पनि भूकम्पले क्षती पुर्‍याएकाले भूकम्पपछिको पुनर्निर्माणमा सहकार्य गर्न आफूहरु तयार रहेको मेयर तामाङले बताए ।

छेन्द् र चौताराको मिल्दो जुल्दो विशेषता रहेको बताउँदै मेयर तामाङले दुवै देशमा रेड पाण्डा पाइने लगायत धेरै विशेषता मिल्ने भएकाले पनि सम्बन्ध कायमका लागि आफूहरु तयार भएको उनले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टी छेन्दु महानगरका सेक्रटरी आबुले आफूहरु तिब्बत सरकार र चीन सरकारको समेत प्रतिनिधित्व गरेर नेपालमा आएको बताए ।
चौतारा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्न आफुहरु तयार रहेको बताए ।

दुई देशबिचको सम्बन्धलाई सगरमाथ भन्दा उचाँइमा पुर्‍याएर अघि बढ्न चिन तयार रहेको बताए ।

चिनियाँ पक्षहरुसँगको अन्र्तक्रिया कार्यक्रममा नेपाली पक्षले तातोपानी नाका सञ्चालनको लागि पहल गरिदिन आग्रह समेत गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com