अब सरकार परिवर्तन गर्ने खेल सकियोः मुख्यमन्त्री गुरुङ
प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार
प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताले देशको विकास हुन सकेकोभन्दै अब अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताए।
गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा मंगलबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङले भने, ‘अहिले सिंहदरबारको शक्ति, गाउँ गाउँसम्म पुगेकाले स्थानीय सरकारले गाउँको अवश्यकता पहिचान गरी विकासको गति अघि बढाउन सक्छ, त्यसका लागि प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्छ।’
मुख्यमन्त्री गुरुङले सात वटै प्रदेशमा बहुमतसहितको सरकार बनेको र संघीय सरकार पनि दुईतिहाइ बहुमतको भएकाले सरकार परिवर्तन गर्ने खेल सकिएको बताए। उनले स्थिर सरकार भएकै कारण विकासको वातावरण सिर्जना भएकाले सबै मिलेर मुलुकको विकासका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए।
प्रदेशसभाका लागि लमजुङबाट निर्वाचित गुरुङ मुख्यमन्त्री भएपछि जिल्लास्थित तमु ह्युला छोँजधिलगायत गुरुङ समुदायका विभिन्न आमा¬ तथा बुबा समूहले अभिनन्दन गरिएको अध्यक्ष ठाकुरप्रसाद गुरुङले बताए। रासस