इरान परमाणु सम्झौताबाट अलग


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

इरान परमाणु सम्झौताबाट अमेरिका अलग भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबामाको कार्यकालमा गरिएको यो सम्झौता अप्रासंगिक भएको भन्दै अमेरिका अलग भएको बताएका हुन् ।

सन् २०१५ मा अमेरिका, फ्रान्स, इरान, जर्मीनी र ब्रिटेनबीच एक सम्झौता भएको थियो जसमा इरानले परमाणु कार्यक्रम रोक्ने र अरु देशले उमाथि लगाइएका प्रतिवन्ध फुकुवा गर्ने उल्लेख छ ।
तर, अब ट्रम्पले इरानलाई फेरि आर्थिक प्रतिवन्ध लगाउने घोषणा गरेको जनाएको छ । ९० वा १८० दिनपछि प्रतिबन्ध लगाउने ट्रम्पको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com