अब संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुन्छ: नेता श्रेष्ठ
प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले विरगंजमा सँयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फोरम नेपाललाई चाँडै सरकारमा सहभागी गराइने अभिव्याक्ती दिनुभएको हो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले मधेशका विषयमा संसदमा दर्ता भएको शोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको प्रष्ट पारे।
उनले समृद्धिकोे बाटालाई अंँगाली सामाजिक न्यायसहितको नेपाल निर्माण गर्न सरकार र सबै राजनीतिक दलको मुख्य जिम्वेवारी भएको र यो महान कार्यको भागेदार बन्न सबै सबैलाई आग्रह गरेका थिए ।