कम्प्युटर अपरेटरबाट बढुवा भएका ८० अधिकृत दुर्गम खटाइए ।
प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार
कम्प्युटर अपरेटरबाट बढुवा भएका ८० अधिकृतलाई सरकारले एकैपटक दुर्गम जिल्लामा खटाएको छ।
फाइल बढुवा भएर आएको दुई दिनपछि नै ती अधिकृतहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम जिल्लाका स्थानीय तहमा खटाएको हो।
सुगममा खटाउन साेर्ससोर्सफोर्स आएको भए पनि प्रशासन मन्त्री लालबाबु पण्डितकोे निर्देशनमा ८० अधिकृतलाई एकै दिन अाइतबार दुर्गम जिल्लाका स्थानीय तहमा पदस्थापन गरिएको हो।
कर्मचारी अभाव भएका कारण काम गर्न अप्ठेरो भएको भन्दै संघीय मामिला मन्त्रालयमा दुर्गम जिल्लाबाट बारम्बाार कर्मचारीको माग हुँदै आएको थियो।
फाइल बढुवा भएर लोकसेवा आयोगबाट शुक्रबार साँझ मात्र सिफारिस भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका उनीहरूलाई आइतबारै पदस्थापनको चिठी थमाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश–६ र ७ का दुर्गम जिल्ला र प्रदेश–२ का स्थानीय तहमा पदस्थापन गरिएका उनीहरूलाई सकेसम्म घरपायक तथा घर नजिकैको जिल्लामा खटाइएको छ।
लोकसेवा आयोगबाट सिफारिस भएर आएपछि कर्मचारीहरूले राम्रो र सुगम ठाउँमा जान उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको सोर्सफोर्स लगाउने गर्छन्। जसका कारण समयमै सम्बन्धित ठाउँमा कर्मचारी खटाउन समस्या हुने गरेको थियो।
तर यस पटक लोकसेवा आयोगबाट सिफारिस भएर आएका उनीहरूलाई स्थानीय तहमा पदस्थापन गरी आइतबारै चिठी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।