नयाँ कार्यक्रमसहितको १२ खर्ब ७९ अर्बको बजेट अाउँदै


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट अाज सदनमा पेश गर्दैछ । अागामी अावका लागि तय भएकाे बजेटमा नयाँ कार्यक्रम थप गरेको छ । यसै वर्षदेखि घोषणा गरिएको मदन भण्डारी राजमार्ग, जलविद्युत्, पर्यटन, रेल, जल यातायात र पूर्वाधार विकासका कार्यक्रम उच्च प्राथमिकतामा पर्ने भएका छन् ।

बजेटमा ठूला र राष्ट्रिय महत्वका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको खबर छ । साना, कम महत्वका र बिनाअध्ययन प्रस्ताव गरिएका कार्यक्रम यसपटकको बजेटमा परेका छैनन् । बजेटमा तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा समावेश भएका केही नयाँ कार्यक्रम परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार जल यातायातको सम्भाव्यता अध्ययन, रेल मार्गको विस्तार, मदन भण्डारी राजमार्ग निर्माण, ऊर्जा तथा पर्यटक क्षेत्रको विकासका कार्यक्रम राखिएका छन् । साथै यसअघि राष्ट्रिय प्राथमिकताको सूचीमा परेका केही कार्यक्रमलाई यसपटक पनि प्राथमिकताको सूचीमा राखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com