विश्वकप फुटबल प्रतियोगिता थालनी र यसबारे रोचक कुरा यस्ता छन्
प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार
रुस विश्वकप फुटबल आउन अब केवल दुई हप्ता मात्र बाँकी छ र यसको रौनक पनि सुरु भइसकेको छ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको विषयमा धेरै कुराहरु यस्ता छन्, जुन सबैलाई थाहा नहुन पनि सक्छ –
विश्वकप फुटबल प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा ुइङ्ग्ल्याण्ड फुटबल एसोसिएशनु( एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने
क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्विजरल्याण्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था ुअन्तराष्ट्रिय फुटबल महासङ्घु (फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।
पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्याइयो । पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।
१ विश्वकप फुटबल प्रतियोगिता रुसले पहिलोपटक आयोजना गर्न लागेको हो ।
२ यो विश्वकपमा रुसले ११ औं पटक सहभागिता जनाउन लागेको हो । विश्वकपमा रुसको सबैभन्दा ठुलो उपलब्धि सन् १९६६ को विश्वकपमा चौथो स्थानमा रहनु हो ।
३ सन् २०१४ को विश्वकप विश्वभरका तीन अर्ब २० करोड मानिसहरुले हेरेका थिए । यो संख्या विश्वको कूल जनसंख्याको करिब आधा हो ।
४ विश्वकप अहिलेसम्म २० पटक आयोजना भइसकेको छ र ब्राजिलले सबैभन्दा बढी पाँचपटक यो उपाधि उचालिसकेको छ । इटाली र जर्मनीले चार–चार पटक यो उपाधि जितेका छन् ।
५ सन् २००२ मा विश्वकप प्रतियोगिता पहिलोपटक दुई मुलुकहरुमा खेलाइएको थियो । यो विश्वकप दक्षिण कोरिया र जापानले संयुक्तरुपमा आयोजना गरेका थिए ।
६ विश्वकपको गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी क्यामरुनका रोजर मिल्ला हुन् । उनले सन् १९९४ मा ४२ वर्षको उमेरमा रसियाविरुद्ध गोल गरेका थिए ।
७ सन् १९५० को विश्वकपमा खाली खुट्टा खेल्न नपाएको भन्दै भारतले विश्वकप नखेलेको भन्ने अफवाह सुनिने गरेको छ ।
८ यसपटकको विश्वकप फुटबलको एउटा खेल फिस्ट स्टेडियममा हुँदैछ, यो स्टेडियममा सन् २०१४ को सुरुवाती खेल र अन्तिम खेल खेलाइएको थियो ।
९ सन् १९३० मा भएको पहिलो विश्वकपको आयोजक र विजेता उरुग्वे थियो ।
१० सन् १९६६ को विश्वकपमा सात दिन विश्वकपको ट्रफी हराएको थियो । प्रतियोगिता सुरु हुनुभन्दा ठिक अगाडि यो ट्रफी हराएको थियो ।
११ २०१८ को विश्वकप आयोजना हुने सबैभन्दा पूर्वमा रहेको सहर एकटेरिङवर्ग र सबैभन्दा पश्चिमको सहर कालिङगार्डको बीचको दूरी १५ सय माइलको रहेको छ । यो दूरी मस्कोदेखि लण्डनसम्मको दूरीको बराबर हो ।
१२ सन् २०१४ को विश्वकपमा प्रतिखेलमा औसतमा ५३ हजार फ्यानहरु सहभागी भएका थिए ।
१३ सबैभन्दा धेरै गोल भएको विश्वकपको खेल सन् १९५४ को अष्ट्रिया र स्विट्जरल्याण्डको खेल हो । यो खेलमा अष्ट्रिया ७–५ गोल अन्तरले विजयी भएको थियो ।
१४ इटालीको नाममा विश्वकपमा सबैभन्दा बढी ड्र खेल्ने कीर्तिमान रहेको छ । उसले २१ पटक बराबरीको नतिजा निकालेको छ ।
१५ विश्वकपमा सहभागी भएका मुलुकहरुमध्ये सबैभन्दा कम खेल खेल्ने मुलुक इन्डोनेसिया हो । यो मुलुकले विश्वकपमा सन् १९३८ मा एउटामात्र खेल खेलेको थियो ।
१६ विश्वकपमा सबैभन्दा धेरै खेल हार्ने टोली मेक्सिको हो । यसले अहिलेसम्म विश्वकपमा २५ खेल हारिसकेको छ भने १४ मा जित र १४ बराबरी पनि खेलेको छ ।
१७ अहिले ३२ टोलीले सहभागिता जनाउन पाउने विश्वकपमा सन् २०२६ देखि यो संख्या ४८ पुग्नेछ ।
१८ विश्वकपको एउटै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रसियाका ओलेग सालेन्को हुन् । उनले एकै खेलमा पाँच गोल गरेका थिए ।