वीर अस्पताल सरसफाइमा धुर्मुस-सुन्तली फाउन्डेसनलाई उठ्याे ८ लाख सहयोग
प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार
वीर अस्पताल सरसफाइ कार्यक्रममा सपाेर्ट गर्दै धुर्मुस–सुन्तली फाउन्डेसनलाई अाठ लाखभन्दा बढी सहयाेग रकम जुटेको छ । पर्यटन व्यवसायीहरूकाे समूहबाट उक्त रकम जुटेकाे फाउन्डेसनले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेकाे एकमहिने सरसफाइ अभियानमा धुर्मुस-सुन्तली फाउन्डेसनले समेत अग्रसरता लिँदै वीर अस्पतालकाे सफाइ कार्य गरेकाे हाे ।
उक्त अभियान नेपालको जेठो अस्पताल वीर अस्पतालबाटै सुरु भएकाे हाे । सरसफाइ अभियान दूतका रूपमा हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् ।