अब कहाँ उड्छ निगमको वाइडबडी ?
प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार
नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ ।
निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट मागेको छ ।
निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०-२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ ।
निगमको पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन विमानस्थल अवतरण हुने छ ।