‘प्रधानमन्त्री ओलीका कारण राष्ट्रियता संकटमा’ विश्वप्रकाश


प्रकाशित मिति : जेष्ठ १९, २०७५ शनिबार

नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रियता संकटमा परेको आरोप लगाउनुभएको छ ।

आज दाङको तुल्सिपुरमा सञ्चारकर्मीसंग नेता शर्माले निर्वाचन अघिको राष्ट्रवाद भ्रम रहेको प्रधानमन्त्री ओलीको पछिल्लो व्यवहारले प्रष्ट्याएको बताउनुभयो । उहाँले ओलीको निर्वाचनपछिको व्यवहारले नेपाली सुरक्षा निकायलाई निरह बनाएर भारतीय सेनालाई नेपालमा परेड खेलाएको आरोप लगाउनुभयो ।

राष्ट्रवादको नारा देखावटी नभएर परिणाममुखी हुनुपर्ने नेता शर्माको भनाई थियो । शर्माले ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणको निहुमा भारतीय सेनालाई नेपालमा प्रवेश गराएर राष्ट्रियता संकटमा पारेको आरोप समेत लगाउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com