मेदान्त अस्पतालमा उपचार गरेर शनिबार फर्केका राष्ट्रकवि घिमिरे पुन अस्पताल भर्ना


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

राष्ट्रकवि माधवप्रसाद घिमिरे भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे अस्पताल भर्ना भएका छन् । पुन स्वास्थ्यमा समस्या देखिपछि अस्पतालमा भर्ना गरिएको हो ।
उनको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए ।

मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com