सीमा स्तम्भको खोजी, मर्मतसम्भार र पूर्ननिर्माणलाई तीव्रता दिन नेपाल र भारत सहमत


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

पूर्वमा बढ्दो सीमा विवादलाई मध्यनजर गर्दै नेपाल र भारतका सीमाक्षेत्रका प्रशासन तथा सुरक्षा अधिकारीहरुबीच सीमा स्तम्भको खोजी, मर्मतसम्भार र पूर्ननिर्माणलाई तीव्रता दिने सहमति भएको छ ।

दुईदेशका अधिकारी सम्मिलित ‘नेपाल–भारत बोर्डर सर्भे’ टोलीले विगतमा गर्दै आएको कार्यलाई तीव्रता दिन दुवै देशका सुरक्षा निकायका प्रमुख सहमत भएका हुन् ।
झापाको चन्द्रगढीमा आइतबार सम्पन्न नेपाल–भारत सीमा सर्वे प्रगति समीक्षा बैठकमा विगत चार वर्षदेखि हुँदै आएको नेपाल–भारत सीमा स्तम्भको खोजी, मर्मतसम्भार तथा पूर्ननिर्माणको समिक्षा भएको थियो ।

वैठकमा टोली नम्बर एक अन्र्तगत ताप्लेजुङ्गदेखि सुनसरी जिल्लाका सीमाक्षेत्रको अवस्था, स्तम्भको अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल भएको थियो । सन् २०१४ देखि ५ बर्षीय योजनाका साथ नेपाल–भारत संयुक्त सीमा सर्वे अनुगमन समितिले प्रदेश नम्बर १ को पूर्वको ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा हुुर्दै सुनसरी सम्मका सीमा स्तम्भहरुको सर्वे गर्दै आइरहेका छन् ।

वैठकमा सीमा स्तम्भको मर्मत र पुर्ननिर्माण सम्पन्न भएको विषयमा प्रगती समीक्षा समेत भएको थियो । जसअनुसार पूर्वमा गत मंसिरयता ९४ वटा सीमा स्तम्भ निर्माण र पाँच वटा मर्मत भएको जनाइएको छ ।

बैठकमा नेपाल टोलीको नेतृत्व गरेका झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र भारत विहार राज्यस्थित किशनगञ्ज जिल्लाका डिएम महेन्द्रकुमारले दुवै देशका सुरक्षा निकायका प्रमुखहरुले गरेको हस्ताक्षसहितको पुस्तिका आदानप्रदान गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com