चट्याङ लागेर सर्लाहीमा एकको मृत्यु, ४ घाईते
प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार
हावाहुरी सँगै मंगलवार परेको चट्यांग लागि सर्लाहीमा एक महिलाको मृत्यु भएको ४ जना गम्भीर घाईते भएका छन् ।
चट्याङ लागि ईश्वरपुर नगरपालिका वडा नम्बर १२ कालिन्जोरका ४५ वर्षिय जोगमाया वाईवाको घट्ना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी आशिष बाबु दाहालले बताउनु भयो । हावाहुरीसँगै पानी परे पछि सवै जना घर भित्र गए ।
घरमा बसी रहेकै अवस्थामा चट्यांग प¥यो, उनीहरु ठाउँको ठाउँ ढले अर्का प्रत्यक्षदर्शी जीवन विश्वकर्माले भने ।
चट्याङ लागेर जोगमायाकी ११ वर्षिया छोरी बुनु वाईवा, ६ वर्षिय छोरा रवि वाईवा, रवि सँगै खेलि रहेका सोही ठाउँका १२ वर्षिय रोजन विश्वकर्मा पनि चट्यांग लागेर घाईते भएका छन् ।
घाईते मध्ये रोजन र बुनुको अवस्था गम्भीर रहेको छ । घाईते चारै जनालाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल विरजंग पठाइएको लालबन्दी स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रोशन चौधरीले बताउनु भयो ।
मृतक जोग मायाको शव भने जिल्ला अस्पताल मलंगवा पठाईने तयारी गरिएको छ ।