प्रधानमन्त्री ओलीको चीन भ्रमण १० बुँदे सहमति कार्यान्वयनमा केन्द्रित हुने


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् परराष्ट्रविद् डा राजन भट्टराईले प्रधानमन्त्री ओलीको चीन भ्रमण विगतमा भएका सहमति कार्यान्वयनमा केन्द्रित हुने बताउनुभएको छ ।

रिपोर्टस क्लब नेपालमा आज आयोजित साक्षतकारमा नेता भट्टराईले ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको रेल सञ्जाल विस्तार लगायतका १० बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्रीको चीन भ्रमण केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।

ओली नेतृत्वको अघिल्लो सरकारले पारवहन तथा यातायात सन्धि, उत्तर–दक्षिण राजमार्ग निर्माण, क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण, आर्थिक लगानी वृद्धि लगायतको सहमति चीन सरकारसँग गरेको थियो ।

सोही सहमतिलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीको चीन भ्रमणले प्राथमिकता पाउनुपर्ने नेता भट्टराईको जोड छ ।

नेता भट्टराईले मुलुकलाई समृद्ध बनाउने लक्ष्य प्राप्तिका लागि पनि प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी बढाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com