औषधि, पर्यटन लगायतका क्षेत्रमा नेपाल र बंगलादेशबीच विप्पा सम्झौता गर्ने तयारी


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

नेपालले बंगलादेशसँग विप्पा सम्झौता गर्ने तयारी गरेको छ । चौथो नेपाल–बंगलादेश बाणिज्य सचिव स्तरीय बैठकमा छिटो भन्दा छिटो विप्पा सम्झौता गर्ने तयारी भएको हो ।

रेर बंगलादेश सरकारलाई पठाउने र नेपालले अनुमोदन गर्ने वाणिज्य सचिव स्तयरीय बैठकमा सहमति भएको छ । गत शुक्रबार दुई देशबीच विप्पाको तयारीमा छलफल भएको थियो ।

बंगलादेशका तर्फबाट नेतृत्व गर्नुभएका सुभासिस बोसले दुई देशीय लगानी आदान–प्रदान तथा लगानीको सुरक्षाका लागि पनि विप्पा आवश्यक रहेको बताउनुभएको थियो । नेपालका तर्फबाट चन्द्रकुमार घिमिरेले वंगलादेशसँगको विप्पा सम्झौताबाट नेपालले भरपुर फाइदा लिन सक्ने उल्लेख गर्नुभयो ।

नेपाल र बंगलादेशबीचको पारवहन सहजताका लागि कुटनीति माध्याम प्रयोग गर्न दुबै देश सहमत भएका छन् । दुई देशले औषधि उत्पादन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने विषयमा समेत छलफल गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com