प्रचण्डको स्पष्टीकरणः कार्यकारी राष्ट्रपति अहिले होइन, चुनावका बेला हुनसक्छ


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताएका छन् । यद्यपि, चुनावका बेला छलफल हुन सक्ने उनले बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘आजको यो एजेण्डा होइन । अहिले सुशासन र समृद्धिको एजेण्डामा केन्द्रित छौं ।’

उनले संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे चर्चा चलेको तर, तत्काल सम्भव नभएको बताए । साथै राजपालाई पनि सरकारमा ल्याउन बालुवाटारमा छलफल भएको भन्दै उनले यसबारे थप कुरा हुने बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com