बैंक ब्याजदर अझै उकालाे लाग्ने, ११ प्रतिशतकाे सहमतिबाट पछि हट्याे संघ


प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार

णिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा बढी हुन नदिने गरेकाे यसअघिकाे सहमति खारेज भएकाे छ ।

करिब पाँच महिनादेखि बैंकहरुबीच ब्याज नबढाउने सहमति कायम थियाे । २८ वटा बाणिज्य बैंकहरुको संगठन बैंकर्स संघले नै अाइतबार साे सहमतिबाट पछि हट्ने र ब्याज निर्धारणकाे जिम्मा मार्केटकाे अवस्थालार्इ छाेड्ने निर्णय गरेकाे हाे । यससँगै अब बाणिज्य बैंकहरूकाे ब्याज बढ्ने सम्भावना अधिक रहेकाे छ ।

‘ब्याज दर बजारले निर्धारण गर्ने हाे, न हिजो सहमति थियो न आज सहमति छ,’ संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, ‘बैंकहरूले नै सहमति कार्यान्वयन गर्न सक्ने अवस्था थिएन ।’ ब्याजदरकाे निर्धारण बजारकाे अवस्था हेरी हुने बताइरहेका बैंकहरू नै सहमतिकाे नाममा कार्टेलिङ लगाइएकाे अाराेप प्रत्याराेपमा उत्रिएका थिए ।

केही बैंकले ११ प्रतिशतभन्दा बढी ब्याजमा निक्षेप उठाउन थालेपछि अन्तत संघले आइतबारबाट सहमति कार्यान्वयन नगर्ने निर्णय गरेको हो । आइतबार २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिबीच भएकाे छलफलमा सहमतिलार्इ ‘कार्टेलिङ’ को संज्ञा दिँदै एकथरी बैंकरले प्रश्न उठाएका थिए ।

त्यसपछि संघले आफ्नो खुसी अनुसार ब्याज दर निर्धारण गर्न बैंकहरुलाई स्वतन्त्र छाड्ने निर्णय गरेको हो। यसअघि एनअाइसी एसिया बैंकले संघकाे ११ प्रतिशतकाे सहमति नमान्ने बताउँदा अन्य बैंकहरूले उसलार्इ घेराबन्दी पारेर अन्तरबैंक भुक्तानीमा राेक लगाएका थिए ।

एनआइसीले हाल एकवर्षे मुद्दति निक्षेपको ब्याज बढएर १२ प्रतिशत पुर्याइसकेको छ । बैंकर्स संघमा भएको ब्याज सहमति र साेकाे पालना गर्न परेकाे दबाबकै कारण एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृतबाट लक्ष्मण रिसालले राजीनामा समेथ गर्नु परेको थियो।

तर पछिल्लाे समय भित्रभित्रै अन्य बैंकहरुले सहमतिकाे पालना नगरी आफूखुसी ब्याज दिँदै आएकाे उजुरी संघमा परेकाे थियाे । तरलता अभाव र पुँजीगत समस्या बेहाेरिरहेका बैंकहरूले सहमति कार्यान्वन गर्न सक्ने अवस्था नरहेपछि संघ अाफ्नै निर्णयबाट पछि हटेकाे बताइन्छ ।

अब बैंकहरूबीच ब्याज बढाउने प्रतिस्पर्धा चल्याे भने निक्षेपकै ब्याज १३/१४ प्रतिशत पुग्न सक्ने एकथरी बैंकरहरू बताउँछन् । यसले धिताेपत्र (शेयर) बजारमा अझ प्रभाव पार्ने अाँकलन समेत भइरहेकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com