विप्लव समुहद्वारा रामेछापका सर्वसाधारणको ९९ रोपनी जग्गा कब्जा


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

विप्लव समुह अन्तर्गत जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ ।

विक्रम सम्वत् २०३९ सालमा जग्गा नापी नक्सा गर्न गएका नापी र मालपोतका कर्मचारीहरुलाई घुस खुवाएर पछि अन्य गाउँका सर्वसाधारण नागरिकहरुलाई पास गरिदिने भन्दै हालको दोरम्वा गाउँपालिका वडा नं २ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका वडा नं १ का मानवहादुर तामाङ, सिंहवहादुर लामा, गणेशवहादुर तामाङ सोही गाउँपालिका वडा नं २ का तेजवहादुर तामाङ र रोजवहादुर तामाङले जग्गा आफ्नो नाममा पारेको र पछि अन्य नागरिकलाई जग्गा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताहरुले सो जग्गामा पार्टीको झण्डा गाडी जग्गो कव्जामा लिएको जनाएको छ ।

सो जग्गा आइतवार रातीबाट आफ्नो पार्टीले कव्जामा लिएको उक्त जग्गा सर्वसाधारण नागरिकलाई पनि दिने भन्दै शुरुमा पैसा असुलेको तर हालसम्म पैसा तिर्ने नागरिकलाई जग्गा पनि नदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै यस्ता जनविरोधी गतिविधि गर्ने अधिकार कसैलाई पनि नरहेकाले उक्त जग्गा आफ्नो पार्टीले कव्जामा लिएको र कव्जामा लिएको जग्गा कोही कसैले हस्तक्षेप गर्न खोजे जिल्ला जनपरिषद रामेछापले सार्वजनिक अपिल गर्दै जुनसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com