अष्ट्रेलियाविरुद्ध फ्रान्स: १-१ पेनाल्टी गाेल
प्रकाशित मिति : असार २, २०७५ शनिबार
विश्वकप फुटबल अन्तर्गत अहिले भइरहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेलमा फ्रान्सले पहिलो गोल गरेको छ । फ्रान्सका एण्टोन ग्रीजम्यानले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
त्यसको ३ मिनेटपछि अष्ट्रेलियाले पनि पेनाल्टीमार्फत नै गोल फर्काएपछि दुवै टिम १–१ को स्थितिमा खेलिरहेका छन् ।