अस्ट्रेलियाको डेनमार्कसँग १-१ गोलको बराबरी
प्रकाशित मिति : असार ७, २०७५ बिहीबार
विश्वकपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले डेनमार्कसँग १-१ गोलको बराबरी खेलेको छ। समूह ‘सी’ अन्तर्गत यस खेलमा दबाबपुर्ण प्रदर्शन गरेपनि अस्ट्रेलियाले जित हात पार्न सकेन।
क्रिस्टियन एरिक्सनले सातौं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। निकोलाई जर्गेन्सनको क्रसमा एरिक्सनले गोल गरेका थिए।तर अस्ट्रेलिया पेनाल्टी गोलमा खेलमा फर्कियो।
डेनमार्कका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि अस्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो। कप्तान माइल जेडानिकले पेनाल्टी सदुपयोग गरे। समूहमा डेनमार्कले दुई खेलबाट चार अंक जोडेको छ।
एक खेल खेलेको फ्रान्सको तीन अंक छ। दुई खेल खेलेको अस्ट्रेलियाको एक अंक छ। अन्तिम खेलमा अस्ट्रेलियाले पेरु तथा फ्रान्सले डेनमार्कसँग खेल्ने छ।
पहिलो खेलमा अस्ट्रेलियाले फ्रान्ससँग २-१ गोलले हार ब्यहोरेको थियो भने डेनमार्कले पेरुलाई १-० गोलले पराजित गरेको थियो।