स्वीट्जरल्यान्डले सर्वियालाई २–१ गोलअन्तरले पराजित,स्वीट्जरल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना प्रवल
प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार
जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘इ’ को खेलमा सर्वियाविरुद्ध स्वीट्जरल्यान्डले जित हात पारेको छ ।
स्वीट्जरल्यान्डले सर्वियालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।स्वीट्जरल्यान्डको जितमा छ्याहेदन साक्यिुरी र ग्रानिट छ्याहकाले गोल गरे ।
सर्वियाका लागि एलेक्जेन्डर मिट्रोभिकले एक गोल गरेका थिए । सर्वियाले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो ।
खेलको पाचौ मिनेटमा नै एलेक्जेन्डर मिट्रोभिकले गोल गर्दै सर्वियालाई १–० गोलको अग्रता दिलाएका थिए । उनले सुन्दर हेडर गोल गरेका थिए । सर्वियाले पहिलो हाफमा गोल गर्ने निकै राम्रो अवसर खेर फालेको थियो ।
यता, स्वीट्जरल्यान्डले पनि गोल गर्ने अवसर गुमाएको थियो ।खेलको ५२औं मिनेटमा ग्रानिटले गोल गरे । पहिलो हाफसम्म १–० गोलले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफमा गोल फर्काउन सफल भएको थियो ।
खेलको ९०औं मिनेटमा छ्याहेडन साक्यिुरीले गोल गर्दै स्वीट्जरल्यान्डलाई २–१ गोलको अग्रता दिलाएका थिए ।
जितसँगै स्वीट्जरल्यान्डको २ खेलबाट १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । स्वीट्जरल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना प्रवल रहेको छ । यो समूहमा २ खेलबाट ब्राजिलको ४ अंक रहेको छ ।
त्यस्तै, सर्वियाको २ बाट १ खेलमा जित र १ खेलमा हार्दै ३ अंक रहेको छ भने कोष्टारिकाले भने २ खेलमा सबै हारेको छ ।