नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड
प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार
व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ ।
कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले नेपालका १९ स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।
काउन्सिलले गत सोमबार काठमाडौंमा एक समारोह गरी नेपालका विभिन्न स्थानमा रहेको १९ स्कुललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेको हो । काउन्सिलले ६ बर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।
उक्त अवार्ड व्रिटिस दुतावासको नेपाल मामिला प्रमुख कार्यवाहक राजदुत एलिसन म्याकइवेनले हस्तान्तरण गरेकी थिईन् ।