डलरसँग नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै सबैभन्दा कमजाेर भएकाे छ। डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन भएपछि यसको प्रभाव नेरुमा पनि देखिएको हो।
भारुसँग नेरुको विनिमय दर स्थिर रहने गरे पनि भारूकाे मूल्य घट्दा नेरू कमजाेर भएकाे छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि भारतको चालू खाता घाटा बढ्ने चिन्ताले डलरको तुलनामा भारु सस्तो भएको आर्थिक अभियानमा खबर छ।
भरुमा डलरको जेजस्तो प्रभाव पर्छ त्यसको सोझो असर नेरुमा पर्छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक डलरबाराबर ११० रुपैयाँ ६२ पैसा विनिमयदर तोकेको थियो। अघिल्लो दिन ११० रुपैयाँ २८ पैसा तोकिएको थियो। यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो।