कामदार फर्काउन मलेसियामा शिविर
प्रकाशित मिति : असार २६, २०७५ मंगलबार
अवैधानीक तवरले मलेसियामा रहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले धरपकड थालेपछि प्रभावित नेपालीलाई उद्धार गर्ने हेतु नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
आगामी शनिबार जोहोरबारुस्थित बागुस सिटी होटल र पेनाङस्थित देवान हल बीएममा शिविर चलाउन लागिएको हो। दूतावासले केही साताअघि पनि ती क्षेत्रमा यस्तै शिविर सञ्चालन गरेको छ ।
मलेसिया सरकारले जारी राखेको धरपकडबाट प्रभावित अवैधानिक तरिकाले बसिरहेका कतिपय नेपाली कामदार दूतावाससम्म आउन नसकेकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गर्न लागिएको हो