राजन थपलियालाई १० प्रश्न : प्रेमदेखि सेक्ससम्म


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

राजन थपलिया न्युयोर्क निवासी युवा लेखक हुन् । उनी लेखकमात्र होइन्, राम्रो पाठक समेत हुन् । उनले १६ बर्षको उमेरमा नै ३ हजार भन्दा धेरै पुस्तक अध्ययन गरेका थिए । हालसम्म उनी ७ हजार भन्दा धेरै पुस्तकहरु पढेको दाबी गर्छन् । पुस्तक लेखनबाहेक थपलियाका अन्य रुचीबारे खसोखाससँग र्यापिड फायर कुराकानी ।

पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक ?
जोल ओस्टिनको एभ्रिडे अ फ्राइडे ।

अहिले पढ्दै गरेको पुस्तक ?
स्टेभन पिंकरको इन्लाइटेनमेन्ट नाओ ।

मनपरेको चलचित्र ?
सिन्ड्रेला । हलमै हेरेर तीनपटक रोएँ ।

पहिलोपटक प्रेममा कहिले पर्नुभयो ?
१६ बर्षको उमेरमा एकजना युवती मन परेको थियो, उनले अझ धेरै मन पराउँथिन् ।

पहिलोपटक सेक्सको अनुभव ?
त्यो नभनौं होला ।

संसारको सबैभन्दा मनपर्ने स्थान ?
आफ्नै जन्मस्थान ।

मनपर्ने नेपाली कलाकार ?
राजेश हमाल । बाल्यकाल नै उनको फिल्म हेरेर बिताइयो ।

मन पर्ने विदेशी कलाकार ?
जेनिफर लरेन्स ।

मनपर्ने खाना ?
हाम्रै नेपाली परिकार ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com