आजै पद त्याग्ने राजीनामा दिन कानुनमन्त्री तामाङलाई प्रधानमन्त्रीको निर्देशन,
प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ। सोमबार साँझ प्रधानमनन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए।
मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरूबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए। यसको सर्वत्र आलोचना भए पछि उनलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको हो।
शरीर सुम्पेर सर्टिफिकेट’ अभिव्यक्ति विवादपछि कानुनमन्त्रीले मागे क्षमा
मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी पनि मागे तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नुपरेको समस्या उजागर गरेको भन्दै अाफ्नो अभिव्यक्तिको बचाउ गरे। मन्त्री तामाङले मंगबलार दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने नेकपा उच्च स्रोतले जनाएको छ।