२५ हजार घुस सहित मालपोत प्रमुख पक्राउ


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुव्वा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको छ ।

सेवाग्राँही संग घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टेलीले प्रकाउ गरेको हो । अख्तियार ईटहरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।

कार्यालय प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com