धोविखोलामा बाढी आउन सक्ने सम्भावना
प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार
काठमाडौं ,३० साउन । आज बुधबार पनि धोविखोलामा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा ठूलो वर्षा सुरु भइसकेको विभागले जानकारी दिएको छ ।
वर्षासँगै विष्णुमति र धोविखोलमा आकस्मिक बाढीको सम्भावना रहेको र बेलुकी ५ बजे पछि तटीय क्षेत्रमा सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।
‘काठमाडौंको उत्तरी भूभागमा क्युमुलोनिम्बस बादल देखिएको छ । यसले क्षणिक ठूलो वर्षा गराउँछ’ जल तथा मौसम पूर्वानुमान महाशाखाको मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो, ‘वर्षाको सम्भावना भएकाले बाढी आउन सक्छ ।’