अमेरिका निवासी लेखक राजन थपलियाको कविता विद्यालयको कोर्सबुकमा
प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार
अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको कोर्सबुकमा राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी कोर्सबुकमा राखिएको हो ।
नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त कोर्सबुक रोमहर्ष पन्थीले तयार पारेका हुन् । उक्त कविता नेपालको बारेमा लेखिएको थियो ।
थपलियाले उक्त कविता आफूले ७ बर्ष अगाडि लेखेको र बालबालिकाहरुलाई देशप्रेमबारे ओतप्रोत बनाउने प्रेरित गर्नेगरी कोर्सबुकमा नै राखिएकोमा आभार व्यक्त गरे । उक्त कविता मिस्टिक नेपाल शीर्षकमा लेखिएको छ ।
पाथ फाइन्डर नामको उक्त कोर्सबुक यसैबर्षदेखि कोर्सबुकमा राखिएको हो । पुस्तकको सम्पादन गोविन्दराज शर्मा र कृष्णप्रसाद मरासिनीले गरेका हुन् ।
अमेरिका निवासी युवा लेखक राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । हालै उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।
राजनबारे थप
न्युयोर्क निवासी अँग्रेजी लेखक राजन थपलियालाई युथ रिकग्निसन अवार्ड
आफैसँग कसम खानुहोस् , तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन : राजन थपलिया, युवा लेखक