बालिका बलात्कार तथा महिला हिंसाका घटनालाई सरकारको कमजोरीको रुपमा नलिनुहोस्: प्रधानमन्त्री ओली


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बालिका बलात्कार, महिला हिंसा लगायतका घटनालाई सरकारको कमजोरीको रुपमा नलिन आग्रह गर्नुभएको छ ।

संविधान दिवस, मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले जातिय र सामाजिक हिंसा भड्काउन कोसिस भइरहेको बारेमा सचेत हुन सबैलाई आग्रह गर्दै बलात्कारका घटना बढ्नुमा सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने बताउनुभएको हो ।

बालिका बलात्कारलगायतका घटनाबाट नेपाली समाज अधोगतितर्फ उन्मुख भएको संकेत देखिएको बताउँदै महिला हिंसालाई निष्तेज पार्न सिंगो समाज नै गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । आत्म अनुशासनको माध्यामबाट मात्रै मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुनु पर्ने प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।

सामाजिक चेतनाको माध्यमबाट समाजलाई भड्काउन खोज्ने तत्वहरुलाई निष्तेज पार्न पनि मातहतका निकाय सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com