मोटरसाइकलको पछाडी सवार सुस्माको घाँटीमा सल बेरियो, गहिरो चोट लागेको सुष्माको पछिल्लो अवस्था यस्तो छ
प्रकाशित मिति : भाद्र २२, २०७५ शुक्रबार
मोटरसाइकलमा सवार सुस्मा थापा आफ्नै सलले बेरीएरु गम्भिर घाइते भएकी छिन् । आफू यात्रा गरिरहेको मोटरसाइकलको चक्कामा सल बेरिएर रक्षा नेपालमा आबद्ध सुस्मा थापा गम्भीर घाइते भएकी हुन् । थापाले लगाएको कुर्ताको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनको घाँटीमा गहिरो चोट लागेको हो । उनको अहिले अस्पतालमा उपचार भइरहको छ ।
उनको अवस्था अहिले खतरा मुक्त रहेको बताइएको छ । यो दुर्घटनाले सबैलाई सर्तक भएर गाडीमा यात्रा गर्नलाई सजग समेत बनाएको छ । दुर्घटनामा बाइकमा सवार सुस्मा थापाको हेलचक्राईका कारण नै यस्तो विपत आइपरेको हो । सारी लगाउनेले सारीको आँचल र फेरलाई हावाले नउडाउने गरी सपक्क पारेर दुईपांग्रे सवारीमा यात्रा गर्न आवश्यक देखिन्छ । कुर्ताको सल अथवा सारीको आँचल मोटरसाइकल वा स्कुटरको चक्कामा गएर नअड्कीयोस् भनेर ब्यापक सावधानी अपनाउनु आवश्यक छ ।