अष्ट्रेलियामा स्ट्रबेरी पछि स्याउमा पनि फेला पर्यो सियो, अनुसन्धान गर्न सरकारको निर्देशन


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

अष्ट्रेलियाको न्यु साउथ व्ह्लेसमा स्ट्रबेरी भित्र सियो भएको भन्ने कुरा सही भएको प्रहरीले बताएको छ । न्यु साउथ व्ह्लेसको एक स्कुलमा मंगलबार स्ट्रबेरी भित्र सियो भेटिएको थियो । एक व्यक्ति सियो भएको स्ट्रबेरी खाएकै कारण अस्पताल भर्ना हुनु परेको थियो ।

त्यस लगत्तै अहिले सिड्नीमा स्याउ भित्र सियो भेटिएको खबर बाहिरिएको छ । सेभेन न्युजका अनुसार, एक आमाले छोरीको लागि स्याउ काट्दै गर्दा सियो भेटेकी थिइन् । त्यसपछि उनले लगत्तै प्रहरीलाई खबर गरेकी थिइन् । उनले वुलवर्थबाट पिङ्क लेडी एप्पलको १ किलोग्रामको प्याकेट किनेकी थिइन् ।

सरकारले सर्वसाधारणको स्वास्थ्य जोखिममा पार्ने उद्देश्यले गरिएको यो हर्कत धेरै ठूलो अपराध भएको भन्दै गम्भीर अनुसन्धान थालेको बताएको छ । क्वीन्सल्यान्डको सरकारले भने यसका अपराधीबारे जानकारी दिनेलाई १ लाख अष्ट्रेलियन डलरले पुरस्कृत गर्ने घोषणा समेत गरिसकेको छ । स्वास्थ्य मन्त्री ग्रेग हन्टले अष्ट्रेलिया र न्युजिल्यान्ड दुवै देशका खाद्य सुरक्षा निकायलाई गम्भीरतापूर्वक घटनाबारे अध्ययन गर्न आदेश दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com