गोविन्द केसीको समर्थन गर्दै बाबुराम भट्टराई सडकमा !
प्रकाशित मिति : मंसिर १८, २०७३ शनिबार
काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज सडकमा उत्रिएका छन् । नयाँ बानेश्वरको सडकमा डाक्टरहरु, मेडिकल साइन्सका विद्यार्थी, नयाँ शक्ति पार्टीका कार्यकर्ता एवं डा. गोविन्द केसीका सुभेच्छुकहरु सडकमा उत्रिएका हुन ।
२१ औं दिनदेखि अनसनरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज भएको जनप्रदर्शनपछि आयोजिक कोणसभालाई सम्बोधन गर्दै संयोजक भट्टराइले ‘डा. केसीको ज्यान जोखिममा पर्नु भनेको करोडौं नेपालीहरुको ज्यान जोखिममा पर्नु भएकाले तत्काल उहाँको माग सम्बोधन गर्दै मुलुक र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए । प्रदर्शनकारीहरुले मेडिकल माफियाहरुमाथि कारवाही गरिनुपर्ने र डा. केसीका मागहरु पूरा गरी उनको जीवनरक्षा गरिनुपर्ने माग गरेका थिए । स्वतस्फूर्त रुपमा सडकमा आएका युवाहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।