राष्ट्रपति भण्डारीले आज दलहरुसँग छलफल गर्ने
प्रकाशित मिति : मंसिर १९, २०७३ आईतबार
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी छन्। आइतबार दिउँसो चार बजे शितल निवासमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
पछिल्लो राजनीतिक अवस्थाबारे बुझ्न राष्ट्रपतिले दलहरुलाई बोलाएकी हुन्। यसअघि प्रमुख तीन दलका प्रमुखहरुसँग उनले छलफल गरेकी थिइन्।