अमेरिकी आकाशमा नेपाली उडानः आफैले बनाएको जहाज उडाउने प्रमोद रेग्मी (भिडियो)
प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार
अमेरिकामा बसोबास गर्ने एकजना नेपालीले जहाज बनाएर त्यसको सफल उडान भरेका छन् । अमेरिकी सरकारको हवाइ विभागमा नेपालीले बनाएको जहाज सूचिकृत भएर उडान अनुमति समेत पाइसकेको छ ।
अमेरिकी आकाशमा उडान भरेर नेपालको नाम उोचो बनाउने प्रतिभा हुन्–प्रमोद रेग्मी । काठमाडौँमा हुर्केका र पढेका प्रमोद रेग्मी २३ बर्षको उमेरमा २०५४ सालमा अमेरिका पुगेका हुन् ।
पेसाले सुरूमा इन्जिनियर रहेका प्रमोदलाई सानैदेखि पाइलट बन्ने रहर थियो । अमेरिकाको अरिजोना राज्यको फिनिक्स सहरका स्थायी निवासी प्रमोदले पाइलट कोर्श पनि पूरा गरेर उडान भर्ने पाइलटको लाइसेन्स प्राप्त गरेका छन् । पाइलट लाइसेन्स बनाएर जहाज उडाउन सुरू गरेपछि प्रमोदको मनमा जहाज नै बनाउने हुटहुटी सुरू भएको हो ।
सानैदेखि जिज्ञासु र मेहनती स्वभावका प्रमोदलाई जोखिमयुक्त काम गर्न र केही नयाँ सिर्जना गर्न निकै मन पर्छ । त्यसकै उपजमा उनले आफ्नै ग्यारेजमा डेढ बर्ष लगाएर जहाज बनाएर अमेरिकी आकाशमा उडाएरै देखाए ।
भिडियो :