दशैंको मेलामा दुर्घटना हुँदा ६० जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार

पन्जावमा शुक्रबार भएको एक भयानक दुर्घटनापछि त्यहाँ आयोजित उत्सव एकाएक शोकमा बदलिएको छ ।

अमृतसर शहर नजिकै पर्ने जोडाफाटमा शुक्रबार साँझ साढे ६ बजे रावणको पुतला दहन कार्यक्रम भइरहेको बेला एकाएक आइपुगेको रेलले भीडलाई किच्दा कम्तीमा ६० जनाको मृत्यु भएको बीबीसीले जनाएकोछ ।

समाचारअनुसार तीब्र गतिको सो रेल पठानकोटबाट अमृतसर जाँदै थियो ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको र त्यही वेला पछाडिबाट आएको रेलले उनीहरुलाई किच्न पुगेको बताइएको छ ।

दुर्घटनामा एक सय पचास बढी घाइते भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com