अष्ट्रेलियामा कार्यरत कामदारमा हरेक तीन जना मध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

अष्ट्रेलियामा विद्यार्थी तथा कामदारमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ । हालै सार्वजनिक भएको एक तथ्याङ्कले पनि यसको पुष्टि गरेको छ ।

मानसिक स्वास्थ्य सम्बन्धि कर्पोरेट क्षेत्रमा गरिएको एक अनुसन्धानले भयानक तथ्य बाहिर ल्याएको छ । उक्त अनुसन्धान अनुसार अष्ट्रेलियामा कर्पोरेट क्षेत्रमा काम गर्ने हरेक तीन जना मध्ये एक जनाले मानसिक स्वाश्य समस्या झेलिरहेका छन् ।

ती मानसिक स्वास्थ्य समस्या भएका मध्ये ३६ प्रतिशतलाई डिप्रेसन, ३३ प्रतिशतलाई निराशाको चरम स्थिति र ३१ प्रतिशतलाई मानसिक दबाब देखिएको छ। मानसिक स्वास्थ्य समस्या भएका मध्ये ७३ प्रतिशतलाई त यो पनि थाहा थिएन की, उनीहरुमा मानसिक स्वास्थ्य समस्या छ ।

त्यस्तै, मानसिक स्वास्थ्य समस्या भएका ४७ प्रतिशत कामदारले मात्र आफ्नो हाकिमसंग आफूलाई मानसिक दबाब भएको बारे भन्न सक्ने बताएका छन्।

उक्त अनुसन्धान ४१ संस्थाका ३५ सय कामदारहरु माथि गरिएको थियो । उनीहरुलाई १ सय वटा प्रश्न सोधिनुका साथै मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न परिक्षण गरिएको थियो ।

Himalayan Kangaroo

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com