अष्ट्रेलियामा बिरामी बिदा लिएर बिहेमा गएको फोटो फेसबुकमा राखेका भारतीयको जागिर चट
प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार
अष्ट्रेलियामा एज्ड केयरमा काम गर्ने एक भारतीयले कामबाट बिरामी बिदा लिएर बिहेमा गएको थाहा हुन आएपछि जागिरबाट निकालिएका छन्। अडेलेड नावका अनुसार एज्ड केयरमा काम गर्ने डेनिल स्मिथ २०१६ मा ‘डिसक्वालिफाइड ड्राइभिंग’ का कारण दुई महिना जेल बसेका थिए। जेलको समयमा उनले काम गर्ने कार्यालयले तलब विहिन बिदा दिएको थियो ।
जेलबाट निस्किएपछि कार्यालयले डेनिललाई काममा फर्किन भन्यो । तर उनले नातेदारको बिहेमा जानको लागि बिदा मागे । कार्यालयले उनलाई बिदा दिएन ।त्यसपछि उनले आफू बिरामी भएको भन्दै डाक्टरबाट बनाएको मेडिकल रिपोर्ट कार्यालयमा पठाए। त्यसपछि उनको कार्यालयका व्यक्तिहरुले फेसबुकमा डेनिल बिहेमा गएको फोटोहरु देखे। कार्यालयका एच.आर म्यानेजरले उनको बिमारी र बिहेमा उपस्थितिको बारेमा कुरा गर्न चाहे । तर डेनिलले ती म्यानेजर वा कार्यालयको कुनै प्रश्नलाई पनि उत्तर दिएनन् । जसका कारण उनी कामबाट निकालिए ।
डेनिलले आफूलाई जबर्जस्ति, कुनै कारणबिना कामबाट हटाएर अन्याय गरिएको भन्दै अदालतमा मुद्दा दायर गरे। मेडिकल रिपोर्टको बारेमा बुझ्दा डाक्टरले उनलाई डिप्रेसन भएको शंकामा बनाइएको बताए । त्यसपछि पर्याप्त अनुसन्धान गरियो । अनुसन्धानबाट डेनिल केही बिरामी भएता पनि उनलाई कामबाट निकालिनु स्वभाविक रहेको ठहर गरियो । जसले गर्दा उनले मुद्दा हारेका छन् । बिहेमा उपस्थित भएतापनि उनले एच.आर म्यानेजरले कुरा गर्न खोज्दा कुरा गरेको भए कामबाट निकालिने सम्भावना रहने थिएन र यदि निकालिएको भएपनि मुद्दामा उनी बलियो बन्थे भन्ने उल्लेख गरिएको छ ।