अष्ट्रेलियामा काममा शोषणमा पर्नुभएको छ? नेपाली भाषामै यसरि उजुरी गर्नुहोस्


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

अष्ट्रेलियामा काममा आफू शोषणमा परेको थाहा पाएपछि उजुरी गर्न सकिने भएको छ । Fair Work Ombudsman ले यस्तो सुविधा ल्याएको हो ।

काममा आफू कुनै पनि कारणले शोषणमा परेको तथा उचित तलब नपाएको खण्डमा उजुरी गर्न सकिन्छ । यसरि उजुरी गर्दा आफ्नो भिसामा समस्या आउने डर हुँदैन र आफ्नै भाषामा उजुरी गर्न सकिन्छ । उजुरी गर्नेको परिचय पनि यसमा खुलाईदैन । यसको वेबसाइटमा नेपालीमा लेखिएको छ ,” यदि तपाईँलाई कसैले कार्यस्थलका कानुनहरूको पालना गरेको छैन भन्ने लागेमा तर तपाईँ आफू संलग्न हुन नचाहेकमा, तपाईँले परिचय नखुल्नेगरी हामीलाई उजुरी गर्न सक्नुहुन्छ।”

गत वर्षको मे महिनादेखि सुरु भएको यस सेवामा हालसम्म १० हजार उजुरी परिसकेको बताइएको छ । यीमध्ये आएका विदेशी कामदारका उजुरीमा ट्रली कलेक्टर र होटल क्लिनर बढी रहेका छन् ।

यो सेवाको वेबसाइटमा नेपाली भाषामा दिइएको जानकारी हेर्न र उजुरी गर्न  यहाँ क्लिक गर्नुहोस्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com