मलेसियामा गुन्डाहरुले निर्घात कुटपिट गर्दा रगत नै बान्ता गर्दै गरेको अबस्थामा भेटिए एक नेपाली
प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार
केहि दिन अगाडी सामाजिक संजालमा एउटा यस्तो भिडियो आयो, जुन हेरेपछि विश्वको कुना-कुनामा रहेका नेपाली मानिसहरुको आँखा रसायो । घटना यहि असोज ३ गते (नोबेम्बर १९) साँझको हो ।
बिगत ५ वर्ष देखि मलेसियाको सेरेबान भन्ने ठाउँको कवालन केसेलामतन सेन्ट्रल सेक्युरिटी कम्पनिमा काम गर्दै आएका तेर्हथुम जिल्ला, आठराई गाउपालिका-५ निवासी कुल प्रसाद बर्देवा नाईट डिउटीमा निस्कन तयार हुदैँथिए । ठिक त्यहि समयमा एक्कासी केहि मानिसको हुलले उनलाई घेर्यो र अन्धाधुन्द हान्न थाल्यो ।
विदेशको ठाउँमा उनले त्यत्रो मान्छेको अगाडी के नै गर्न सक्थे र ? नि शब्द एकोहोरो कुटाई खाई रहे, प्रतिकार गर्न सक्ने सम्भाबना थिएन, त्यो मानिसको हुलले उनलाई अघाउन्जेला कुट्यो । घटनाका प्रत्यक्षदर्शी एक नेपाली भन्छन्- ‘मर्यो भनेर उनलाई त्यहि छोडेर त्यो मानिसको हुल हिड्यो, अनि मैले तुरुन्तै कम्पनीको मालिक र प्रहरीलाई खबर गरे, केहि समयपछि प्रहरी आईपुग्यो र उसलाई नजिकको क्लिनिकमा लग्यो”
बिडम्बना, उनि त्यहाँ अबैधानिक रुपमा काम गरीरहेका कारण क्लिनिकले बिरामीलाई सहजै उपचारका लागि भर्ना लिनसक्ने अवस्था थिएन । क्लिनिकले भर्ना लिन नमानेपछि उनलाई क्लिनिक अगाडी कुर्सीमा बसाईन्छ जँहा उनी अत्याधिक कुटाईका कारण रगत बान्तारहेका हुन्छन् । यतिबेला बर्देवाले रगत घाइते अवस्थामा रगत बान्ता गरिरहेको भिडियो भाइरल बनेको छ ।
भिडियो बाहिरिएपछि मलेसियामा नै काम गर्ने नेपालिहरुले घटना घटेको ६ दिनपछि उनको पहिचान गरे र अस्पताल पुगे । पाचथरका देबेन्द्र प्रसाई अस्पताल पुग्दा कुल प्रसाद बर्देवा अर्धचेत अवस्थामा एक्लै बेडमा ढलीरहेका थिए ।
बुझ्दा उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको रहेछ तर उनको न होस थियो न साथमा पैसा, यो बेलासम्ममा उनको उपचारको बिल ४७ सय मलेसियन पुगिसकेको थियो ।
प्रसाईले मलेसियामा नै काम गरिरहेका नेपालीहरुलाई तुरुन्तै खबर गरे र केहि पैसा संकलन गरेर उनलाई अस्पतालबाट निकाल्ने अठोट गरे र अस्पतालबाट फर्किए ।
भोलिपल्ट दिनभरी पैसा संकलन गरेर प्रसाई र उनका केहि सहयोगीहरु सहित ४७ सय मलेसियनसहित उनलाई उद्दार गर्न अस्पताल पुगे, अस्पतालको पैसा तिरे र उनलाई आफ्नो साथमा लिएर पनि आए ।
उनलाई उद्दार गर्नका लागि मलेसियामा रहेका नेपालीहरुले सहयोग संग्कलन गरिरहेका छन र सबैमा सहयोगको अपिल गरिरहेका छन् ।